युक्रेन संकटले विश्वभर तेलको मूल्य बढ्यो

युक्रेन संकटले विश्वभर तेलको मूल्य बढ्यो

केन्द्रबिन्दु
0
Shares

युक्रेन संकटले विश्वभर आपूर्ति शृंखला प्रभावित हुने डरले तेलको मूल्य बढेको छ। 

रुसले पूर्वी युक्रेनका दुई वटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि मंगलबार उत्तरपश्चिम युरोपको ब्रेन्ट क्रुड (तेल बजार) को अन्तर्राष्ट्रिय मानांक सात वर्ष यताकै उच्च भएको छ।

बेलायतलगायत पश्चिमेली गठबन्धनहरुले रुसमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। साउदी अरेबियापछि रूस दोस्रो ठूलो कच्चा तेल निर्यातक हो। 

रुस विश्वकै शीर्ष तेल उत्पादक हो। म्यानुलाइफ इन्भेस्टमेन्ट म्यानेजमेन्टकी सु ट्रिन्हले सीमा तनावले ‘पर्याप्त प्रभाव’ पर्न सक्ने बताइन्।एजेन्सी

Skip This
Skip This
Logo