कति छ आज सुन चाँदीको मूल्य ?

कति छ आज सुन चाँदीको मूल्य ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर छ । मंगलबार सुन प्रतितोला ६ सयले बढेको थियो । आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार ९६ हजार ९ सय कायम भएको थियो । मंगलबार ९७ हजार ५०० मा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

गत हप्ता आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भयो । सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको सुन मंगलबार पुनः ३ सयले घटेको थियो ।

बुधबार भने एकै दिन ६ सयले बढ्दै सुन ९६ हजार ४ सयमा कारोबार भएको थियो । विहिबार सुन ९६ हजार ८ सयमा कारोबार भयो भने शुक्रबार ९६ हजार ५ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९७ हजार छ । त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १,३४० कायम रहेको महासंघले जनाएको छ । यो सोमबारको भन्दा २० रुपैयाँले बढी हो ।

Logo