युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन परराष्ट्र मन्त्रालयकाे आग्रह

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन परराष्ट्र मन्त्रालयकाे आग्रह

केन्द्रबिन्दु
0
Shares

परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई नेपाल फर्कन आग्रह गरेको छ। युक्रेनमा विकसित भइरहेको घटनाक्रमको मूल्याङ्कन गर्दै अति आवश्यक परि त्यहीँ रहनु परेमा बाहेक उपलव्ध व्यवसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्कन मन्त्रालयले अनुरोध गरेको हो। 

साथै, अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नजान समेत मन्त्रालयले विज्ञप्तिमार्फत अनुरोध गरेको छ।

युक्रेनका लागि समेत सहप्रमाणिकृत नेपाली राजदूतावास, बर्लिनले युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकसँग सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको जानकारी मन्त्रालयले दिएको छ। त्यहाँ रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिनमा सम्पर्क गर्न आग्रह गरिएको छ। 

Skip This
Skip This
Logo