नेष्डो समृद्ध लघुवित्तको आईपीओमा पहिलाे दिनमै १० गुणा बढी आवेदन

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा पहिलाे दिनमै १० गुणा बढी आवेदन

केन्द्रबिन्दु
0
Shares

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओमा पहिलो दिनमै १० गुणा बढी आवेदन परेको छ।
सिडिएस क्लियरिङले जनाए अनुसार पहिलो दिन आज साँझ ५ बजेसम्ममा ६ लाख ५७ हजार ७५ जना आवेदकले ७८ करोड ६८ लाख १५ हजार रुपैयाँ बराबरको ७८ लाख ६८ हजार १५० कित्ताका शेयरको लागि आवेदन दिएका छन्।

यस लघुवित्तले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको हाे। लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रूपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको छ।

कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएको छ। सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका न्यूनतम १० कित्तादेखि अधिकतम १००० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ। लघुवित्तको आईपीओमा आजदेखि फागुन १५ गतेसम्ममा आवेदन दिन सकिनेछ। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

Skip This
Skip This
Logo