एमसीसीबारे जसपा अनिर्णीत, आइतबार पनि बैठक बस्ने

एमसीसीबारे जसपा अनिर्णीत, आइतबार पनि बैठक बस्ने

केन्द्रबिन्दु
0
Shares

सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपाल अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताप्रति अझै अनिर्णीत बनेको छ। 

शनिबार बसेको जसपाको केन्द्रीय कार्यकारी समितिको बैठकले एमसीसीबारे निर्णय गर्ने भनिए पनि कुनै निर्णय गर्न सकेको छैन।

निश्कर्ष बिनै सकिएको बैठक आइतबार पनि बस्नेछ। शुक्रबारदेखि बैठक जारी छ। आइतबार बैठक बस्नुअघि शीर्ष तीन नेताहरू अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र नेता अशोक राईबीच छलफल हुने बताइएको छ।

शनिबारको बैठकमा यादवले एकलौटी पार्टी सञ्चालन गरेको, संगठन सुस्त बनाएको, एमसीसीमा मौन बसेको भन्दै डा. भट्टराई पक्षले चर्को आलोचना गरेको थियो।

डा.भट्टराई एमसीसी संसद्‍बाट अनुमोदन हुनुपर्ने पक्षमा छन्। उता यादव भने एमसीसीका विषयमा मौन छन्।

Skip This
Skip This
Logo