एमसीसी स्वीकार छैन : मेटमणि चौधरी

एमसीसी स्वीकार छैन : मेटमणि चौधरी

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले एमसीसी सम्झौता नेपालको हितमा नरहेको भन्दै अस्वीकार गर्नुपर्ने बताएका छन् । 

प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले नेपालको हितमा नरहेकाले एमसीसी सम्झौता अनुमोदन गर्न नहुने जिकिर गरे । 

सन् २०१७ र २०१९ मा सम्झौता फरक फरक रहेको भन्दै उनले कुनै पनि हालतमा एमसीसी सम्झौता अनुमोदन गर्न नहुने बताए । एमसीसी अनुमोदन भएपछि नेपालले अब कसरी असंलग्न परराष्ट्र नीतिको पक्षमा वकालत गर्न नसक्ने उनको भनाइ थियो ।

Skip This
Skip This
Logo