काठमाडौं । सरकारले डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको छ ।
मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएको सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जानकारी दिए ।
डा. खतिवडाले केही दिनअघि मात्र अर्थमन्त्रीबाट गत भदौ १९ गते राजीनामा दिएका थिए । मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी नियुक्त गरेको हाे ।





























प्रतिक्रिया