काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि मुलुकभर गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण बन्द भएका लामो दूरीका यातायात सरकारले असोज ५ गतेबाट सञ्चालनमा ल्याउने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मापदण्डसहित लामो छोटो दूरीका यातायात र आन्तरिक हवाई उडान खुल्ला गर्ने निर्णय गरेको हो ।
यातायात सञ्चालन गर्दा व्यवसायीहरुले यात्रुसँग साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।































प्रतिक्रिया