नेष्डो समृद्ध लघुवित्तकाे आईपीओमा ३८.८७ गुणा बढी आवेदन

नेष्डो समृद्ध लघुवित्तकाे आईपीओमा ३८.८७ गुणा बढी आवेदन

केन्द्रबिन्दु
0
Shares

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आइतबार अन्तिम दिनसम्म पनि आवेदन दिनेको ओइरो लागेको छ।

अन्तिम दिन आइतबार साँझसम्ममा २५ लाख ९९ हजार ५ सय ९८ जनाले ३ करोड १ लाख १३ हजार ७ सय कित्ताका लागि आवेदन दिएका छन् । सीडीएसका अनुसार याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ३८.८७ गुणा धेरै हो। 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे हाे । 

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

Logo