नेप्सेमा ६३ दशमलव ९८ अंकको उच्च गिरावट

नेप्सेमा ६३ दशमलव ९८ अंकको उच्च गिरावट

केन्द्रबिन्दु
0
Shares

बुधबार (आज) शेयर बजार ६३ दशमलव ९८ अंकले घटेको छ। मंगलबार सार्वजनिक विदा भएर नखुलेको बजार आज खुलेदेखि नै घट्न थालेको थियो । 

उच्च अंकले घट्दै बुधबार नेप्से २ हजार ५४६ दशमलव ६० बिन्दुमा झरेको छ ।  
बुधबार २२८ वटा धितोपत्रको ७६ लाख ५२ हजार २०४ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

बुधबार १३ वटै समूहको परिसूचकमा गिरावट आएको छ । सबैभन्दा बढी  फाइनान्स समूहको ३ दशमलव ६५ प्रतिशतले घटेको हो । 

कारोबार रकमको आधारमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको १६ करोड १८ लाख ९८ हजार ३२१ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो।

Skip This
Skip This
Logo