राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गर्दा भारत र चीन तटस्थ

राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गर्दा भारत र चीन तटस्थ

केन्द्रबिन्दु
0
Shares

संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेकाे छ।

रुस-युक्रेन युद्ध जारी रहेका बेला बुधबार राति महासभामा भएकाे मतदानमा प्रस्तावको पक्षमा नेपालसहित १४१ देश मुलुकले भाेट दिए। विपक्षमा पाँच देशले मतदान गर्दा भारत, चीनसहित ३४ मुलुक तटस्थ बसेका छन्।

युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्ने सम्बन्धी पक्ष र विपक्षमा मतदान भएकाे हाे ।

राष्ट्रसंघमा कुल १९३ सदस्य राष्ट्र छन्। यसअघि राष्ट्रसंघीय मानवअधिकार परिषद्‍मा पनि नेपालले युक्रेनकाे पक्षमा मतदान गरेकाे थियाे। परिषद्‍मा ४७ देश सदस्य छन्। 

यसअघि राष्ट्रसंघकाे सुरक्षा परिषद्‍मा पनि भारत र चीन तटस्थ बसेका थिए। तर, सुरक्षा परिषद्‍मा नेपाल छैन। सुरक्षा परिषद्‍मा १५ सदस्य राष्ट्र छन्।

राष्ट्रसंघमा रहेका १९३ सदस्य मुलुकले यसअघि युक्रेनमाथि भएको आक्रमणबारे आफ्नो धारणा राखेका थिए। त्यसअघि महासभा आयोजनाको विपक्षमा रुसले मतदान गरे पनि बैठक आव्हान गर्ने निर्णयलाई रोक्न सकेन। शान्तिका निम्ति भन्ने धारणासहित विशेष सभाको आयोजना गरिएको थियाे।

Skip This
Skip This
Logo