तनहुँ, रोल्पा र मोरङमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । तनहुँको ब्यास नगरपालिका-१ मौरीयाटार बस्ने ६८ वर्षीय ओम बहादुर नेपालीको करेन्ट लागेर बिहीबार मृत्यु भएको हो ।
घर नजिकैको खोलाबाट पानी तान्न मोटर चलाउने क्रममा करेन्ट लागेर अशक्त भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
रोल्पाको गंगादेव गाउँपालिका-७ धपरी बस्ने ३० वर्षीय टिकाराम वलीको करेन्ट लागेर बिहीबार मृत्यु भएको छ ।
रोल्पा नगरपालिका-७ निम्रीस्थित वेभ सर्भर जडान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि जिल्ला अस्पताल रेउघातर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।
मोरङको मिक्लाजुङ्ग गाउँपालिका-८ बस्ने २९ वर्षीय नगेन्द्र बस्नेतको करेन्ट लागेर बिहीबार मृत्यु भएको छ ।
मिक्लाजुङ्ग गाउँपालिका-२ र ईलाम चुलाचुली गाउँपालिका-६ को सिमानास्थित नुनसरी खोलामा करेन्ट लगाई माछा मार्नेक्रममा करेन्ट लाग्दा उनी अशक्त बनेका थिए । उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।





























प्रतिक्रिया