नेपाल राष्ट्र बैंकद्वारा ५ वर्षे रणनीति तयार

नेपाल राष्ट्र बैंकद्वारा ५ वर्षे रणनीति तयार

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैङ्कले  पाँच  वर्षे  रणनीतिक  योजना  तयार गरेको छ। सन् २०२२ देखि २०२६ सम्मका लागि  उक्त  रणनीतिक  योजनाले  राष्ट्र बैङ्कको आगामी  पाँच  वर्षको  समग्र  कार्य र रणनीति तय गरेको हाे। 

सन् २००६ देखि रणनीतिक  योजना  बनाउन  थालेको  राष्ट्र बैङ्कको यो चौंथो रणनीतिक योजना हो। यो  रणनीतिक योजना  आगामी  पाँच वर्षका  लागि  राष्ट्र  बैङ्कको  ‘रोडम्याप’  हुने राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले उल्लेख  गरेका छन्। 

राष्ट्र बैङ्कले बैङ्किङ पद्धतिप्रतिको विश्वासलाई पुनर्स्थापना गर्न, राष्ट्रले अपेक्षा  गरेअनुसार अन्तर्राष्ट्रिय समुदाय र विकास  साझेदारसँग  प्रभावकारी संयोजन गर्न  र बैङ्किङ, वित्तीय र  बाह्य क्षेत्रसँगको  स्थायित्व  कायम  गर्न अवलम्बन गर्नुपर्ने  विशेष र नवप्रवर्द्धनात्मक  उपाय यो रणनीतिक योजनामा समेटिएको छ। गोरखापत्रबाट

Skip This
Skip This
Logo