पाँचपोखरी टी–२० जिल्लास्तरीय प्रतियोगितामा पाँचपोखरी भोताङ क्रिकेट क्लब ६८ रनले विजयी भएको छ। काठमाडौँको मूलपानी क्रिकेट रङ्गशालामा आज भएको फाइनलमा पाँचपोखरी क्रिकेट टोलीलाई पराजित गर्दै भोताङले १२४ रन बनाएको हो।
बिजेता भोताङले उपाधीसँगै नगद ७५ हजार र सिल्ड, मेडल प्राप्त गरेको छ। दोश्रो भएको पाँचपोखरी क्रिकेट क्लवले ४० हजार पाएको छ।
पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यले खेलकुद आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष टाँसी लामाले बताए।
गाउँपालिकाले २०७४ सालदेखि निरन्तररुपमा ‘जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर जिल्लास्तरीय क्रिकेट प्रतियोगिताका तीन वटा संस्करण सम्पन्न गरेको थियो।
प्रतियोगितालाई निरन्तरता तथा समयसापेक्ष परिमार्जित गर्दै यसवर्ष उक्त प्रतियोगिताको नाम र खेलको संरचना परिवर्तन गरि पाँचपोखरी जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको लामाले बताए।
विगतका वर्षमा गाउँपालिकामा नै सञ्चालन भइरहेको उक्त प्रतियोगितालाई यस वर्ष काठमाडौँको मूलपानी क्रिकेट रङ्गशालामा आयोजना गरिएको खेलकूद विकास समितिले जानकारी दिएको छ। उक्त प्रतियोगितमा जिल्लाका ७ टिम सहभागी थिए।































प्रतिक्रिया