रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा तीव्र गोलाबारी भएका विवरणहरु सार्वजनिक भएका छन्। यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो सहरमा अस्थायी युद्धविराम घोषणा गरेको थियो।
रुसी सेनाको गोलाबारीका कारण सर्बसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीहरुले बताएका छन्। रुसी सेनाले बमबारी र गोलाबारी तीव्र पारेको मारिओपोलका मेयर भदयाम बोयचेन्कोले बताएका छन्।
‘आवासीय ब्लकहरुमा निरन्तर गोलाबारी जारी छ। आवासीय क्षेत्रमा विमानले बमहरु खसालीरहेका छन् ’ उनको भनाइ उदृत गर्दै एपी समाचार संस्थाले जनाएको छ।एजेन्सी





























प्रतिक्रिया