कांग्रेस अछाम अधिवेशन : सहमतिको प्रयास असफल, आज पुनः मतदान

कांग्रेस अछाम अधिवेशन : सहमतिको प्रयास असफल, आज पुनः मतदान

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस अछाम सभापतिका आज दोस्रो चरणको चुनाव हुने भएको छ। 

पहिलाे चरणकाे चुनावमा तीन उम्मेदवारले ५१ प्रतिशत कटाउन नसकेपछि सभापतिका प्रत्यासीद्वय पुष्प शाह र भरतकुमार स्वाँरबीच फेरि सहमतिकाे प्रयास भएकाे थियाे।

सभापतिका उम्मेदवार राजन कुँवर भने पहिलाे चरणबाट बाहिरिसकेका छन्।

सहमति जुट्न नसकेपछि आज बिहान ८ बजेबाट चुनाव हुने भएको हाे । पहिलाे चरणकाे चुनावमा शाहले ६ सय ९५ र स्वाँरले ५ सय ७३ मत प्राप्त गरेका थिए।

Logo