फेब्रुवरी महिनाको बिक्रीमा पनि ‘टाटा नेक्सन’ अग्रस्थानमा, १२ हजार २५९ युनिट बिक्री

फेब्रुवरी महिनाको बिक्रीमा पनि ‘टाटा नेक्सन’ अग्रस्थानमा, १२ हजार २५९ युनिट बिक्री

केन्द्रबिन्दु
0
Shares

टाटा नेक्सन फेब्रुवरीमहिनामा समेत भारतको सर्बाधिक बिक्री हुने एसयुभी बनेको छ। कुल १२ हजार २५९ युनिट बिक्रीसहित नेक्सन सो महिना पनि सूचीको पहिलो स्थानमा रहन सफल भएको हो। 

जनवरी महिनामा समेत यो एसयुभीले भारतीय बजारमा सर्बाधिक बिक्री हुनेमा आफूलाई दर्ज गराएको थियो। जनवरीमा कुल १३ हजार ८१६ युनिट बिक्री गर्दै पहिलो पटक भारतमा सर्बाधिक बिक्री हुने एसयुभी बनेको यसको बिक्री फेब्रुवरीमा भने केही घटेको हो।

नेक्सनपछि दोस्रो सर्बाधिक बिक्री हुने एसयुभीमा भने हुन्डाई भेन्यू परेको छ। सो महिना भेन्यू १० हजार २ सय १२ युनिट बिक्री हुँदा तेस्रो स्थानमा रहेको क्रेटा कुल ९ हजार ६०६ युनिट बिक्री भयो। चौंथो स्थानमा पनि टाटाकै पन्च एसयुभी पर्न सफल भएको छ। पन्च ९ हजार ५ सय ९२ युनिट बिक्री भएको थियो। ९ हजार २५६ युनिट बिक्री हुँदै सुजुकी भिटरा ब्रेजा सूचीको पाँचौं स्थानमा रहन सफल भएको छ।

Logo