झिनो अंकले बढ्यो नेप्से, साढे २ अर्बको कारोबार

झिनो अंकले बढ्यो नेप्से, साढे २ अर्बको कारोबार

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको दोस्रो दिन सोमबार (आज)  शेयर बजारमा  झिनो अंकको वृद्धि आएको छ । आइतबार ३ दशमलव ६६ अंकले घटेको बजार आज कारोबार भएदेखि नै घट्न थाले पनि अन्त्यमा १ दशमलव ५५ अंकले बढेर २ हजार ५४४ दशमलव ९४ विन्दुमा पुगेको छ । 

सोमबार २३० वटा धितोपत्रको ५३ लाख १५ हजार २९२ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

सोमबार १३ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । 

कारोबार रकमको आधारमा आज पनि शिवम् सिमेन्टको २७ करोड ६९ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो।

Logo