तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक पक्राउ

तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक पक्राउ

केन्द्रबिन्दु
0
Shares

तेह्रथुम सदरमुकाम म्याङलुङ नगरपालिका-१ केउरेनी, डाँडाखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाउँका वर्ष २२ का किशोरकुमार विश्वकर्मा रहेका छन्। म्याङलुङ बजारबाट घर फर्कने क्रममा प्रदेश १-०२-००३ त १२१२ नम्बरको ट्याक्टर साेमबार राति ८ बजे दुर्घटनामा परेकाे हाे।

 दुर्घटनामा सहचालक महेशकुमार विश्वकर्माको दाहिने खुट्टा भाचिएको छ। उनलाई उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए।

ट्याक्टर दुर्घटनास्थलबाट करिब ६० मिटर तल खसेर क्षतविक्षत अवस्थामा रहेकोसमेत प्रहरीले जनाएको छ। ट्याक्टर चालक सुवास विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ। 

Skip This
Skip This
Logo