५२ दशमलव २१ अंकले बढ्यो नेप्से परिसूचक

५२ दशमलव २१ अंकले बढ्यो नेप्से परिसूचक

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको अन्तिम दिन बिहीबार (आज) शेयर बजार उच्च अंकले वृद्धि भएको छ। बुधबार ३० दशमलव २९ अंकले घटेको बजार आज ५२ दशमलव २१ अंकले बढेर २ हजार ५६६ दशमलव ७९ बिन्दुमा पुगेको हो । 

बिहीबार २२६ वटा धितोपत्रको ५६ लाख १० हजार ६३१ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

बिहीबार अन्य समूह बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी लघुवित्त समूहको ५ दशमलव ०६ प्रतिशतले बढेको हो । आज इमर्जिङ नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

कारोबार रकमको आधारमा अपि पावर कम्पनी लिमिटेडको १६ करोड ५६ लाख २९ हजार ९६६ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।  

Logo