ताप्लेजुङकाे फुङ्लिङमा आगलागी, वृद्धाकाे मृत्यु

ताप्लेजुङकाे फुङ्लिङमा आगलागी, वृद्धाकाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङकाे फुङ्लिङ नगरपालिका-४ मा आगलागी हुँदा एक वृद्धाकाे ज्यान गएकाे छ। 

कोप्चेको पुरानो गोसलाइनमा भएको आगलागीमा ६७ वर्षीया चुलीमाया लिम्बुको मृत्यु भएको फुङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले जानकारी दिए।

सुरक्षा फौज र फुङ्लिङ नगरपालिकाको दमकलकाे सहायतामा आगो नियन्त्रणमा लिइएको छ। आगलागी हुनुको कारण खुल्न सकेको छैन ।

स्थानीय रबिन लिम्बुको घरबाट सुरु भएको आगोले छिमेकी संगिता मादेनको घर पूर्णरुपमा क्षति भएको छ। 

Skip This
Skip This
Logo