भारतमा नीलडेविडका सलून उत्कृष्ट १० को सूचीमा

भारतमा नीलडेविडका सलून उत्कृष्ट १० को सूचीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालका अन्तर्राष्ट्रिय हेयर स्टाइलिष्ट नीलडेविड कट्वालका भारतका विभिन्न शहरहरुमा रहेका सलून भारतमा उत्कृष्ट १० मा परेका छन् ।

भारतको एउटा यूट्युब च्यानलले बनाएको भिडियो रिपोर्टमा नीलडेविडका भारतमा रहेका फ्रेन्चाइजी सलूनहरुलाई भारतकै उत्कृष्ट १० सलूनको सूचीमा समावेश गरेको छ । उक्त भिडियो सामग्रीमा नीलडेविडले सञ्चालन गरेका सलूनलाई दशौं स्थानमा राखिएको छ ।

नीलडेविडका भारतका विभिन्न शहरहरुमा सलूनहरु सञ्चालन गरेका छन् । उनका भारतको पश्चिम बंगालको सिलगुडीदेखि उत्तर प्रदेश र नयाँ दिल्लीसम्म फ्रेन्चाइजी सलूनहरु सञ्चालनमा रहेका छन् ।

नीलडेविडले सन् २००६ देखि भारतमा आफ्ना सलूनका फ्रेन्चाइजीहरु स्थापना गरिरहेका हुन् । उक्त भिडियोमा भारतको राजधानी नयाँ दिल्ली, औद्योगिक राजधानी मुम्बई तथा बैंग्लोरका उत्कृष्ट सलूनहरुलाई समावेश गरिएको छ ।

भिडियोमा नीलडेविडले सञ्चालन गरेका सलूनलाई व्यवसायिक रुपमा अब्बल रहेको बताइको छ । उक्त सूचीको नवौं स्थानमा स्ट्राण्ड सलून, आठौं स्थानमा जूस सलून, सातौं स्थानमा कट एण्ड स्टाइल, छैठौं स्थानमा ग्रिन ट्रेण्ड्स, पाँचौं स्थानमा शहनाज हुसैन, चौथो स्थानमा स्टुडियो ११ सलून एण्ड स्पा, तेस्रो स्थानमा फिट एण्ड हिल, दोस्रो स्थानमा लेक्मी सलून तथा नम्बर एकमा जाबेद हबिब हेयर एण्ड ब्यूटी रहेका छन् ।

भारतमा सञ्चालनमा रहेका सलून भारतभरको उत्कृष्ट दश सलूनमा सूचीकृत गरिनु नेपालका लागि पनि राम्रो भएको नीलडेविड कट्वालले बताएका छन् । उनले नेपालमा पनि सन् २०२१ देखि नयाँ फ्रेन्चाइजी सलूनहरु प्रारम्भ गरिने बताएका छन् ।

Logo