कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्टले सांसद पदसहित पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन्। नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश सांसद र प्रमुख सचेतकसमेत रहेका विष्टले अध्यक्ष प्रचण्ड सुर्खेत आएकै दिन सांसद पद र पार्टी त्यागेको घोषणा गरेका हुन्।
'मैले आजदेखि पार्टी र सांसदपदबाट राजीनामा दिएको छु,’ उनले भने,‘तत्कालै अब अर्को पार्टी प्रवेश गर्ने भन्ने विषयमा निर्णय लिएको छैन।’
कर्णाली प्रदेशमा पछिल्लो समय राजनीतिमा खरो विषयमा आवाज उठाउने र टिप्पणी गर्ने सँगै वौद्धिक छवि र राम्रो जनमतसमेत बनाएका विष्टको पार्टी छोड्ने घोषणाले कर्णालीको माओवादी केन्द्रमा हलचल आएको छ।
यस्तै, कर्णालीमा माओवादी केन्द्रबाट सांसद हुँदा–हुँदै पनि गैर–सांसदलाई छिरिङ डम्डुल लामा (कार्चेन लामा) लाई मन्त्री बनाएको विषयमा उनले चर्को असन्तुष्टि जनाएका थिए भने पार्टीले एमसीसी विषयमा गरेको सर्मथनप्रति बिरोधमा थिए।





























प्रतिक्रिया