सन्देशमूलक सर्ट फिल्म ‘अ-गुड जोक’ सार्वजनिक

सन्देशमूलक सर्ट फिल्म ‘अ-गुड जोक’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

स्वामी आत्मो पुष्पको कथा र निर्देशनमा तयार भएको सर्ट फिल्म ‘अ-गुड जोक’ सार्वजनिक भएको छ। नाम र दाम कमाउन अरुलाई हानी गर्नुहुँदैन भन्ने सन्देशसहितको फिल्मले काठमाडौंमा कोठा भाडामा बस्ने महत्वाकांक्षी मध्यमवर्गीय युवकको चरित्रको कथालाई देखाएको छ।

फिल्ममा स्वामी आत्मो पुष्प, प्रतिक्षा खतिवडा, विपिन जैसवाल, रोहित कार्कीलगायतको अभिनय छ। बालकृष्ण लम्साल र चिरञ्जिवी विक निर्माता रहेको फिल्ममा भूपेन थापा मगरको छायांकन, नकुल खड्काको सम्पादन तथा पुष्प र प्रदीप केसीको पटकथा र संवाद छ।

निर्देशक पुष्पले फिल्म ‘चङ्गा चेट’, ‘गोपी’, ‘दयारानी, ‘साङ्लो’, ‘मालिका’ र ‘कमिटमेन्ट ६० आवर’ लगायतका फिल्ममा सहायक निर्देशकका रुपमा काम गरिसकेका छन्।

Skip This
Skip This
Logo