१८ महिने बालिका हत्या आरोपमा दुई जना पक्राउ, गाँजा खाएर बलात्कारपछि हत्या भएकाे आशंका

१८ महिने बालिका हत्या आरोपमा दुई जना पक्राउ, गाँजा खाएर बलात्कारपछि हत्या भएकाे आशंका

केन्द्रबिन्दु
3
Shares

मोरङ सुन्दरहरैचा नगरपालिका ७ की १८ महिने नाबालिकाको हत्या आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

शुक्रबार साँझ घर नजिकैको घारीमा अचेत अवस्थामा भेटिएकी ती नाबालिकाको शनिबार बिहान मृत्यु भएको थियो। घरबाट अपरान्ह ४ बजे हराएकी नाबालिका पाँच बजेतिर घरभन्दा १५० मिटर दुरी पश्चिममा अचेत अवस्थामा फेला परेकी थिइन्।

घरबाट हराएकी बालिकालाई खोजी गर्ने क्रममा घारीमा फेला पर्दा बालिकाको अवस्था नाजुक थियो। ती बालिका रक्ताम्य अवस्थामा फेला परेकी थिइन्।

सो पछि विराटनगरको नोबेल अस्पतालमा उपचारका लागि लगिएको बालिकाको शनिबार विहान १ बजे मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । यौनाङ्ग रक्ताम्य भएकोले बालिकाको अवस्था हेर्दा बलात्कार भएकाे प्रहरीलेआशंका गरेकाे छ ।  

आइतबार प्रहरीले बालिकाको हत्या आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । मोरङको बेलबारी ८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सुन्दरहरैचा नगरपालिका ७ का २५ वर्षीय अजय चौधरी  र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो । उनीहरुले गाँजा खाएर नशाको सुरमा हत्या भएकाप्रहरीको अनुसन्धानबाट खुलेको छ । 

 

Logo