सहज जितसँगै बार्सिलोना तेस्रो स्थानमा उक्लियो

सहज जितसँगै बार्सिलोना तेस्रो स्थानमा उक्लियो

केन्द्रबिन्दु
0
Shares

ओसासुनाबिरुद्ध ४-० अन्तरको सानदार जित निकाल्दै स्पेनिस ला लिगा क्लब  बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ। क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जिताउन फेरान टोरेसले दुई पिएरे इमरिक औवामियाङ र रिकी पुङले समान एक गोल गरे।

खेलको १४औं मिनेटमा फेरान टोरेसले पेनाल्टीमा बार्सिलोनालाई अग्रता दिलाए। २१औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गरे। २७औं मिनेटमा औवामियाङले तेस्रो गोल गरे।

पहिलो हाफमा तीन गोल गरेको क्याटलान क्लब बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्‍याे। ७५औं मिनेटमा रिकीले गोल गर्दै ४-० को सहज जित दिलाए।

जितसँगै बार्सिलोना २७ खेलबाट ५१ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ। समान ५१ अंक भएपनि एक खेल बढी खेलेको एट्लेटिको म्याड्रिड चौथो स्थानमा छ। पराजित ओसासुना २८ खेलबाट ३५ अंक जोडेर ११औं स्थानमा  छ।

Skip This
Skip This
Logo