सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान

केन्द्रबिन्दु
0
Shares

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तिलप्रसाद श्रेष्ठविरुद्ध मङ्गलबारदेखि लागू हुनेगरी १० दिनभित्र उजुरी दिन आह्वान गरेको छ।
       
सिंहदरबारस्थित साेमबार बसेको समितिको बैठकले सो उजुरी दिन आह्वान गरेको हो। समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाइको कार्यविधिअनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र १० दिनपछि समितिको बैठकमा सुनुवाइको काम प्रारम्भ हुने जानकारी दिए।
       
न्यायपरिषद्ले फागुन २६ गते विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।

Skip This
Skip This
Logo