आइसीसी लिग-२ : नेपाल र पीएनजी भिड्दै

आइसीसी लिग-२ : नेपाल र पीएनजी भिड्दै

केन्द्रबिन्दु
0
Shares

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय शृंखलामा नेपालले आज बुधबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ। संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहमा खेल सवा ११ बजे सुरु हुनेछ।

नेपाल पीएनजीलाई हराउँदै शृङ्खलामा सुखद् सुरुआत गर्न चाहन्छ। पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ।

नेपाल पहिलो पटक सन्दीप लामिछानेको कप्तानीमा एकदिवसीय खेल खेल्दैछ। नेपालले यस अघि पीएनजीविरुद्ध खेलेको दुबै एकदिवसीय आफ्नो पक्षमा पारेको छ। 

शृंखला अघि नेपालले श्रीलंकामा चार अभ्यास खेल खेलेको थियो। तीन खेल जित्दा एकमा हार बेहोरेको छ। लिग-२ मा नेपालले ८ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा छ। अंकविहीन पीएनजी १३ खेल खेल्दै पुछारमा छ।

Skip This
Skip This
Logo