नेपालमा संक्रमणदर १.२ प्रतिशत मात्र, बुधबार ८२ जनामा काेराेना संक्रमण

नेपालमा संक्रमणदर १.२ प्रतिशत मात्र, बुधबार ८२ जनामा काेराेना संक्रमण

केन्द्रबिन्दु
0
Shares

नेपालमा काेराेना संक्रमण दर दैनिक रूपमा कम हुँदै गइरहेकाे छ। पछिल्लाे २४ घण्टामा गरिएका परीक्षण मध्ये जम्मा संक्रमण दर १.२ प्रतिशत मात्र रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार १७५ परीक्षण गरिएकाे छ। जसमध्ये ८२ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे तथ्यांकमा उल्लेख छ ।

यस अवधिमा मृत्यु संख्या शून्य रहेकाे छ। यस्तै संक्रमणमुक्त हुनेको संख्या २१३ रहेको छ। 

विगत २४ घन्टामा १ लाख ५ हजार ४२२ जनामा काेराेना संक्रमणविरूद्धकाे खाेप लगाइएकाे छ।

सक्रिय संक्रमितकाे संख्या ४ हजार ५७४ रहेकाे छ। 

काठमाडाैं उपत्यकामा १६ जनामा संक्रमण भएकाे छ । जसमध्ये काठमाडाैंमा १५ र ललितपुरमा १ छन् भने भक्तपुरमा संक्रमण देखिएन ।

Skip This
Skip This
Logo