ताप्लेजुङ सरोकार केन्द्रले ‘दोस्रो सरोकार केन्द्र फुटसल कप’ आयोजना गर्ने

ताप्लेजुङ सरोकार केन्द्रले ‘दोस्रो सरोकार केन्द्र फुटसल कप’ आयोजना गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौंमा ताप्लेजुङ्गवासीहरूको अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिता हुने भएको छ। ताप्लेजुङ स्थायी घर भई काठमाडौंमा बसोबास गर्ने खेलाडीहरुलाई लक्षित गरि चैत ५ गते शनिबार ताप्लेजुङ अन्तरपालिका स्तरीय फुटसल हुने भएको हो ।

ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको आयोजनामा दोस्रो सरोकार केन्द्र फुटसल कप-०७८ आयोजना गरिएको केन्द्रका उपमहासचिव तथा प्रतियोगिता व्यवस्थापन समितिका संयोजक सन्तोष मादेनले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा ताप्लेजुङमा घर भई काठमाडौंमा बस्नेहरुको पालिकास्तरीय टिमको सहभागिता रहने छ।

चैत्र ४ गते दिउँसाे ४ बजेसम्ममा सहभागीले टिम दर्ता गरिसक्नु पर्ने र ५ गते बिहान ७ः३० बजेदेखि प्राइम फुटसल, ज्ञानेश्वर काठमाडौंमा हुनेछ।

प्रतियोगिताको विजेताले नगद ५१ हजार, उपविजेताले नगद ३१ हजार प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकर्ता र गोलरक्षकलाई पनि पुरस्कृत गरिने जनाइएको छ। काठमाडौंमा रहेका ताप्लेजुङ्गवासीहरुलाई खेलमा सहभागिताका लागि सरोकार केन्द्रले अनुरोध गरेको छ।

Logo