एमालेले निर्वाचन जितेको अवस्थामा ‘समाज बाँच्न लायक’ हुँदैन : माधव नेपाल

एमालेले निर्वाचन जितेको अवस्थामा ‘समाज बाँच्न लायक’ हुँदैन : माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै स्थानीय निर्वाचनले प्रतिगामीलाई दण्डित गर्ने बताएका छन्। प्रगतिशीलहरूलाई भने निर्वाचनमार्फत जनताले पुरस्कृत गर्ने उनको विश्वास छ। 

होलीको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दण्डित र पुरस्कृत गर्ने समय वैशाख ३० भएको बताए। 

एमालेले निर्वाचन जितेको अवस्थामा ‘समाज बाँच्न लायक’ नहुने भन्दै ओलीप्रति कटाक्ष पनि गरे। कार्यक्रममा उनले होली पर्वले नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र एकताभाव जगाउन सकून् भन्दै शुभकामना पनि व्यक्त गरेका छन्।

Logo