बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वे लगायत ६ देशको अनुरोधपछि संयुक्त राष्ट्र संघ सुरक्षा परिषद (UNSC) को आकस्मिक बैठक बसेको छ। बिहीबारको लागि बैठक बोलाइएको थियाे।
'बेलायत, अल्बानिया, फ्रान्स, आयरल्याण्ड, नर्वे, र संयुक्त राज्य अमेरिकाले सुरक्षा परिषद्को बैठक बोलाएका छन् । रुसले युद्ध अपराध गरिरहेको छ र सर्वसाधारणलाई निशाना बनाएको छ। युक्रेनमा रुसको गैरकानुनी युद्ध हामी सबैका लागि खतरा हो', संयुक्त राष्ट्रसंघका लागि बेलायतको स्थायी नियोगले आफ्नो ट्वीटरमा लेखेको छ। बेलारुसमा भइरहेको वार्तामार्फत रुस र युक्रेनले वार्ताका माध्यमबाट समाधानका लागि निरन्तर प्रयास गरिरहेको बेला आकस्मिक बैठक बोलाइएको हो।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको शान्तिवार्ता प्रगतिमा रहेको तर निकै कठिन रहेको बताएका छन्।
"वार्ता अझै प्रगतिमा छ। वार्ता एकदमै कठिन छ र वार्ताको वर्तमान अवस्था, म यो जारी छ भन्न चाहन्छु," जेलेन्स्कीले शान्ति वार्ताको स्थिति बारे सोध्दा उक्त टिप्पणी गरेका छन्।
बुधबार चौंथो चरणको वार्ता जारी रहँदा केही विवरणले युक्रेनी प्रतिनिधिमण्डलका सदस्यले दुई पक्ष अब सहमतिमा पुग्न इच्छुक रहेको भन्दै वार्ता केही प्रगतिमा पुग्ने सुझाव दिएको छ।





























प्रतिक्रिया