टोयोटा किर्लोस्करले भारतमा पहिलो हाइड्रोजन इलेक्ट्रिक कार मिराई सार्वजनिक गरेको छ। टोयोटा मिराई एफसीईभी विश्वको पहिलो हाइड्रोजन फ्युल सेल इलेक्ट्रिक कार मध्ये एक हो र यो शुद्ध हाइड्रोजनबाट बनेको इलेक्ट्रिक कार हो।
टोयोटा मिराईले टेलपाइपबाट पानीको मात्र उत्सर्जन गर्ने हुनाले यसलाई शून्य उत्सर्जन कार मानिन्छ। टोयोटाले यसलाई इन्टरनेशनल सेन्टर फर अटोमोटिभ टेक्नोलोजीको साथ भारतमा पाइलट प्रोजेक्टको एक हिस्साको रूपमा लन्च गरेको हो।
टोयोटा मिराई एफसीईभी कर्नाटकको टोयोटा किर्लोस्कर मोटर्सको प्लान्टमा निर्माण गरिने जनाइएको छ। यसलाई सन् २०२० को डिसेम्बरमा पहिलो पटक विश्वसामु पेश गरिएको थियो। यो फुल ट्याङ्कीमा ६४६ किलोमिटरसम्म चल्ने दाबी गरिएको छ।
टोयोटा मिराई एफसीईभी सेडानमा उच्च प्रेशर हाइड्रोजन फ्युल ट्याङ्की र इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ। यसको इन्जिनले पानी र अक्सिजनलाई हाइड्रोजनबाट अलग गर्छ र त्यसबाट ऊर्जा परिवर्तन गर्छ। यो कारले ग्याँसको सट्टामा साइलेन्सरबाट पानीलाई निकाल्छ।
कम्पनीले पेट्रोल र डिजेलको माग घटाउन र प्रदूषण रोक्न यो पाइलट प्रोजेक्ट सुरु गरेको हो। यसका लागि भारत सरकारले इलेक्ट्रिक सवारी साधनको साथै पेट्रोल र डिजेलको समाधानका लागि हाइड्रोजन फ्युल बिक्रीलाई पनि जोड दिइरहेको छ। यो पाइलट प्रोजेक्टमा सडक र हावामा सवारी चलाएर मिराईको परीक्षण गरिनेछ।































प्रतिक्रिया