कांग्रेस केन्द्रीय समिति बैठक बोलाइयो, चैत ११ गते बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक बोलाइयो, चैत ११ गते बस्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले आगामी हप्ता बस्ने गरि पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। 

बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा चैत ११ गते शुक्रबार बस्ने गरी बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा स्थानीय तह निर्वाचनको तयारी, एवम् घर घर जाऔं, कांग्रेस जिताऔँ अभियानको प्रारम्भिक समीक्षा गर्ने प्रमुख एजेन्डा रहेको छ।

यस्तै संसदीय समिति गठनबारे पनि बैठकमा छलफल हुने मुख्य सचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

Logo