शेयर बजारमा दोहोरो अंकको गिरावट, २ अर्ब २७ करोडको कारोबार

शेयर बजारमा दोहोरो अंकको गिरावट, २ अर्ब २७ करोडको कारोबार

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको पहिलो दिन आइतबार (आज) शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । गत बुधबार १९ दशमलव ६५ अंकले घटेको बजार आइतबार १४ दशमलव ६७ अंकले घटेर २ हजार ६१६ दशमलव ५८ विन्दुमा झरेको छ। 

आइतबार २२४ वटा धितोपत्रको ४२ लाख ८७ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब २७ करोड ४६ लाख २६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

आइतबार १३ वटा समूहमध्ये इन्भेष्मेन्ट समूहको परिसूचक १ दशमलव ६६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ। आइतबार राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड २९ लाख ४९ हजार ६३० रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।  

Skip This
Skip This
Logo