कार्यकक्षमै बेहाेस भइ ढलेका वडाध्यक्षको निधन

कार्यकक्षमै बेहाेस भइ ढलेका वडाध्यक्षको निधन

केन्द्रबिन्दु
0
Shares

सिन्धुलीकाे मरिण गाउँपालिका–६ का वडाध्यक्ष कुर्साङ लामाको निधन भएको छ। 

साेमबार कार्यालयमा सेवा प्रवाह गर्दै गर्दा मस्तिष्कघातका कारण उनको निधन भएको हो। बेहोस भएका लामालाई कपिलाकोट स्वास्थ्य चौकीमा पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको गाउँपालिका अध्यक्ष पानिराज बम्जनले जानकारी दिए ।

'लामाको निधनले मरिण गाउँपालिकाले एक असल, इमान्दार, कर्तव्यनिष्ठ र जनप्रेमी जनप्रतिनिधि गुमाएको र ठूलो क्षति व्यहोर्नुपरेको छ', बम्जनले भने। लामा नेकपा माओवादीबाट ०७४ को स्थानीय निर्वाचनमा निर्वाचित वडाध्यक्ष हुन् । स्व. लामाको पार्थिव शरीरलाई लामा परम्पराअनुसार श्रद्धाञ्जलीका लागि निजी निवासमा राखिएको छ। लामाको बुबाआमा, श्रीमती र पाँच छोरा छन् ।

Skip This
Skip This
Logo