पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर आज एमाले प्रवेश गर्दै

पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर आज एमाले प्रवेश गर्दै

केन्द्रबिन्दु
0
Shares

पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्दैछन्। उनीहरु दुवै जनालाई आज पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन्।

समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहेका सिंहको पार्टी नै एमालेमा समाहित हुन लागेको छ भने अभिनेत्री मानन्धर पनि आफ्नो समूहसहित एमालेमा प्रवेश गर्न लागेकी हुन्। उनी पहिले बाबुराम भट्टाराईकाे नयाँ शक्ति पार्टीमा थिइन्।

सिंह तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषदमा पनि २०७३ सालमा खानेपानी मन्त्री भएका थिए। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय थापाथलीमा पार्टी प्रवेश गराउने कार्यक्रम छ।

Skip This
Skip This
Logo