अब बस्ने संसद् बैठकबाट नागरिकता विधेयक पारित हुन्छ : अध्यक्ष दाहाल

अब बस्ने संसद् बैठकबाट नागरिकता विधेयक पारित हुन्छ : अध्यक्ष दाहाल

केन्द्रबिन्दु
0
Shares

नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बस्ने संसद् बैठकबाट नागरिकता विधेयक पारित हुने बताएका छन्।

नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्बोधन गर्न जनकपुरधाम आइपुगेका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नागरिकता विधेयक पारित हुने बताएका हुन् ।

लामो समयदेखि नागरिकता विधेयक संसदमा अड्किएको छ। जसको कारण लाखौं जन्मसिद्ध नेपाली नागरिकका सन्तान नागरिकताबाट बञ्चित छन् ।

अर्को प्रसंगमा प्रचण्डले मन्त्रिपरिषदमा हेरफेर हुन सक्ने बताएका छन् ।

Skip This
Skip This
Logo