काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले पूर्व सांसद रेशम चौधरीको रिहाइको माग गरेको छ । आइतबार जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पूर्व सांसद चौधरीलगायतका नेता तथा कार्यकर्तामाथि लगाएको मुद्दा खारेज गरी रिहाइ गर्न माग गरेको हो । विज्ञप्तिमा भनिएको छ–‘मधेस–थारू आन्दोलनमा सहभागी भएका केही नेता तथा कार्यकर्तामाथि सरकारद्वारा मुद्दा चलाउने, धन सम्पत्ति रोक्का गर्ने, थुनामा राख्ने कार्य अझै पनि जारी रहेकाले तत्काल बन्द गर्न माग गर्दछौँ ।’
सांसद चौधरी टिकापुर घटनामा दोषी ठहर भएका थिए । २०७२ भदौमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षकसहित आठ जना सुरक्षाकर्मीको हत्या गरिएको थियो । २०७४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट सांसद चौधरी प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
पूरा विज्ञप्तिः
































प्रतिक्रिया