जब काठमाडौंको सडकमा जहाज गुड्न थाल्यो…!

जब काठमाडौंको सडकमा जहाज गुड्न थाल्यो…!

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली सेनाको पुरानो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारायणहिटी दरबार संग्रहालयमा राख्न गुडाएर लगिएको छ ।

शनिबार गाडी कम गुडेको समयमा एयरपोर्टबाट तीनकुने, नयाँ बानेश्वर, माइतीघर, शहीदगेट, जमल हुँदै नारायणहिटी दरबार लगिएको हो ।

सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि ग्राउण्डेड अवस्थामा रहेको थियो ।

०३१ सालमा तत्कालिन राजा वीरेन्द्रले राज्याभिषेकका बेलामा प्रयोग गरेका थिए ।

सरकारको निर्णय अनुसार सो जहाजलाई नारायणहिटी संग्रहालयको प्रदर्शनीमा राख्नका लागि लगिएको हो ।

Logo