सुनको मूल्य एक लाख नौ सय रुपैयाँ

सुनको मूल्य एक लाख नौ सय रुपैयाँ

केन्द्रबिन्दु
0
Shares

साताको पहिलो दिन आइतबार सुनको भाउ गत शुक्रबारको तुलनामा स्थिर छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ । 

गत साताको अन्तिम दिन शुक्रबार पनि सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको भाउ पनि स्थिर छ । शुक्रबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही भाउमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

 

Skip This
Skip This
Logo