बागलुङमा पहिरोले तीन घर पुरियो, एक जनाको मृत्यु

बागलुङमा पहिरोले तीन घर पुरियो, एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बागलुङ ।

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिराले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिराले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो ।

उनका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते भएका छन् । पाध्यालाई स्थानीयवासीले उद्धार गरेका थिए । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको छ । बागलुङ–कुश्मीशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिराले टुनीबोटका तीन घरमा क्षति पुर्याएको स्थानीयवासी केदार पौडेलले बताए ।

आज बिहान ५ बजे खसेको पहिराले तीनै घरका गोठमा समेत क्षति पुर्याएको छ । पहिराको थप विवरण आउन बाँकी छ । प्रहरी चौकी कुश्मीशेराको टोली घटनास्थलमा पुग्दै गरेको प्रहरीले जनाएको छ ।रासस

Logo