वीर अस्पतालले रगतजन्य अनुवांशिक रोगको निःशुल्क उपचार सेवा सुरु गरेको छ।
सोमवार एक कार्यक्रम आयोजना गरि अस्पतालले रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा सुरु गरेको हो । अस्पतालबाट अब रगतजन्य रोगहरुको निःशुल्क उपचार गर्न पाइनेछ । कार्यक्रममा बोल्दै वीर अस्पतालका निर्देशक डा.भुपेन्द्रबहादुर बस्नेतले आजबाट रगत र रगतसँग सम्बन्धित रोगहरुको उपचार निःशुुल्क सेवा सुरु भएको बताए। उनले अबका दिनमा अस्पतालमा बनम्यारो ट्रान्सप्लान्ट सेवा सुचारु गर्नेतर्फ लागिरहेको बताए।
त्यस्तै रक्तरोग तथा रक्त क्यान्सर विशेषज्ञ डा.निरजकुमार श्रेष्ठले नेपालमै पहिलोपटक रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा सुरु भएको जानकारी दिए। उनले अब अस्पतालले हेमोफिलियाका बिरामीहरुलाई निःशुल्क उपचार गर्ने र यो रोग सम्बन्धी बेसिक जाँच परीक्षण पनि निःशुल्क हुने बताए।
विशेषज्ञ सिंहले अस्पतालको अबको लक्ष्य बनम्यारो ट्रान्सप्लान्ट सेवा सुचारु गर्ने रहेको पनि जानकारी दिए।





























प्रतिक्रिया