सर्वोच्चको न्यायाधीशमा तीलप्रसाद श्रेष्ठको नाम अनुमोदन

सर्वोच्चको न्यायाधीशमा तीलप्रसाद श्रेष्ठको नाम अनुमोदन

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीलप्रसाद श्रेष्ठको नाम अनुमोदन भएको छ । संसदीय सुनुवाई समितिले उनको नाम अनुमोदन गरेको हो ।  

मंगलबार सिंहदरवारमा बसेको समितिको बैठकले न्याय परिषदबाट प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश श्रेष्ठको नाम सर्वसम्मति भएको जनाइएको छ । 

योग्य, क्षमतावान र अनुभवी रहेको कुरा सुनवाईको क्रममा पुष्टि भएपछि उहाँलाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिस सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । 

बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै श्रेष्ठले सर्वोच्च अदालतमा जनताले ढुंगा हान्ने अवस्था आउन नदिने गरी आफूले काम गर्ने तर्क दिए । उनले न्याय सेवालाई छिटो, छरितो र पारदर्शी बनाउन आफू केन्द्रित हुने पनि प्रतिवद्धता जनाए । 
 
श्रेष्ठलाई गत फागुन २७ गते बसेको न्यायपरिषद बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको थियो ।
 

Skip This
Skip This
Logo