अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलः फ्रान्स र स्पेनको सानदार जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलः फ्रान्स र स्पेनको सानदार जित

केन्द्रबिन्दु
0
Shares

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मंगलबार राति विश्वका महारथी राष्ट्र फ्रान्स र स्पेनले सानदार जित निकालेका छन्। फ्रान्सले दक्षिण अफ्रिकामाथि ५–० अन्तरको फराकिलो जित निकाल्यो।

फ्रान्सको एकपक्षीय जितमा युवा स्टार केलियन एमबाप्पेको दुई तथा ओलिभर जिरुड, विसाम विन यडर र माटियो गुइडोजीले समान एक गोल  गरे।

यस्तै अर्को खेलमा स्पेनले आइसल्यान्डमाथि ५–० अन्तरको विशाल जित निकाल्यो। स्पेनको जितमा अल्भारो मोराटा र  पाब्लो सारावियाले समान दुई गोल गरे भने यारेमी पिनोले एक गोल गरे। 

Skip This
Skip This
Logo