नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा स्थापना गरिएको ‘कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिने भएको छ। उनी नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षसमेत हुन्।
रिपोटर्स क्लब नेपालले स्थापना गरेको उक्त पुरस्कार यस वर्ष वरिष्ठ पत्रकार नेपाललाई प्रदान गर्न लागिएको क्लबका अध्यक्ष ऋषि धमलाले जानकारी दिए। एक लाख रूपैयाँ राशिको उक्त पुरस्कार क्लबले आफ्नो २४औँ स्थापना दिवसका अवसरमा चैत १७ गते (भाेलि) प्रदान गर्नेछ। क्लबले उक्त पुरस्कार यसै वर्ष स्थापना गरेको हो।
वरिष्ठ पत्रकार नेपालले नेपाली सञ्चार क्षेत्र र लोकतान्त्रिक आन्दोलनमा अग्रपङ्क्तिमा रहेर भू्मिका निर्वाह गरेबापत पुरस्कार प्रदान गर्न लागिएको क्बलले जनाएको छ। पत्रकार नेपालले पूर्वप्रधानमन्त्री भट्टराईका प्रेस सल्लाहकारका रुपमासमेत काम गरेका थिए।
पत्रकार नेपालले मुलुकका मूलधारका मिडियामा नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका छन्।































प्रतिक्रिया