रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै युक्रेनी सहर मारिओपोलमा गोलाबारी अन्त्य हुने बताएका छन् । मंगलबार राति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग एक घण्टा लामो फोन वार्तामा उनले सो धारणा राखेको रुसी प्रशासन केन्द्र क्रेमलिनले एक विज्ञप्तिमा जनाएको छ ।
सहरबाट नागरिकहरूलाई हटाउने योजनाहरू विचार गर्न भने पुटिन सहमत भएको फ्रान्सेली अधिकारीहरुले बताएका छन् । त्यसपछि रुसले बिहीबार एक दिने युद्धविराम घोषणा गरेको छ । यसले मानिसहरूलाई रुस नियन्त्रित बेर्दियान्स्क बन्दरगाह हुँदै जापोरिज्जियाको पश्चिमतर्फ यात्रा गर्न अनुमति दिनेछ ।
यसअघि मंगलबारनै टर्कीमा दुई देशका पादाधिकारीबीच भएको प्रत्यक्ष वार्तामा रुसले युक्रेनको राजधानी किभ र चेर्निभ शहरमा आक्रमण कम गर्ने बताएको थियो । तर त्यो निर्णयलाई उल्ट्याउँदै बुधबार पनि ति शहरहरुमा आक्रमणको खबर आएको थियो ।





























प्रतिक्रिया