सार्वजनिक सवारी साधनको भाडा बढ्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले व्यवसायीको माग सम्बोधन गर्दै यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा १० देखि १४ प्रतिशतसम्म वृद्धि गर्ने भएको हो ।
पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएपछि व्यवासायीले सरकारलाई भाडा बढाउन अल्टिमेटम दिएका थिए । समयावधि भित्र भाडा नबढाए आफैं भाडादर कायम गर्ने उनीहरुको चेतावनी थियो । सो समय सकिनु अघि नै सरकारले भाडा वृद्धि गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने यात्रुबाहक तथा मालबाहक सवारीसाधनमा मात्रै भाडा बढाएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।
रुटगत भाडादर आइतबार सार्वजनिक गर्ने बताउँदै मन्त्रालयले गाडीभाडा समायोजन गर्न सैद्धान्तिक सहमति जनाएको उनले बताए । तर, स्थानीयस्तरमा चल्ने सवारीसाधनको भाडा भने नबढ्ने उनको भनाइ छ ।
विभागले वैज्ञानिक पद्धतिअनुसार गाडी भाडा समायोजन गरी सार्वजनिक गर्ने बताएको छ ।





























प्रतिक्रिया