कोका–कोला नेपालले आफ्नो पेय पदार्थको सूचीमा सबैभन्दा नयाँँ उत्पादन फ्यान्टा एप्पललाई नेपाली बजारमा ल्याएको छ।
अब नेपाली उपभोक्ताहरुले यो क्रिस्प स्पार्कलिङ पेय पदार्थको साथमा हरेक पल रिफ्रेश अनुभव गर्न सक्नेछन् । नयाँँ स्वादसँगै फ्यान्टाले नयाँँ डिजिटल भिडियो पनि सार्वजनिक गरेको छ, जसले उपभोक्ताहरुको जीवनमा रमाइलो र उत्साह थप्ने कम्पनीको उद्धेश्यलाई प्रतिविम्बित गरेको छ । यो भिडियो फ्यान्टाको विस्तृत मार्केटिङ अभियानको एक हिस्सा हो जसमा डिजिटल भिडियोहरू, प्रिन्ट विज्ञापनहरू आदि समावेश छन् ।
लन्चको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, “फ्यान्टा त्यस्तो मानिसहरुको लागि हो जसलाई रमाइलो गर्न मन पर्छ । यो नयाँँ फ्यान्टा एप्पलले दैनिकको जीवनमा थोरै भए पनि ताजगी र स्फुर्ती ल्याउन सहयोग गर्छ । नेपाली उपभोक्ताहरुले यसलाई मन पराइदिनुहुनेछ भन्ने कुरामा हामी उत्साही छौँ ।”
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, “हामी उपभोक्ताहरूको बदलिँदो स्वाद र रोजाइ अनुसार उहाँँहरूलाई रिफ्रेश रहिरहनको लागि थप विकल्पहरू दिन सधैँ प्रयासरत छौँ । हाम्रा खुद्रा विक्रेताहरू पनि फ्यान्टा एप्पललाई उपभोक्ताहरु माझ पुर्याउन निकै उत्साहित हुनुहुन्छ ।”
यो सँगै नेपालमा अब फ्यान्टाको अरेन्ज र एप्पल गरि २ वटा फ्लेभर उपलब्ध हुनेछ। फ्यान्टा एप्पल २५० एमएल र ५०० एमएलको प्याकमा नेपालभर उपलब्ध छ।





























प्रतिक्रिया