मुगुका २८ हजार बालबालिकालाई टाइफाइडविरुद्ध खोप

मुगुका २८ हजार बालबालिकालाई टाइफाइडविरुद्ध खोप

केन्द्रबिन्दु
0
Shares

हिमाली जिल्ला मुगुका २८ हजारभन्दा बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप प्रदान गरिने भएको छ। दुर्गम जिल्ला मुगुमा २८ हजार ७८३ बालबालिका र विद्यार्थीलाई खोप लगाइने भएको हो। 

नेपाल सरकारले राष्ट्रिय अभियानकै रूपमा देशभर आगामी चैत २५ देखि वैशाख ८ गतेसम्म टाइफाइडविरुद्ध खोप अभियान सञ्चालन गर्न लागेको  स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ। 

स्वास्थ्य सेवा कार्यालय मुगुको आयोजनामा  जिल्ला स्तरीय खोप समन्वय समिति र सञ्चारकर्मीको अभिमुखीकरण तथा अन्तर्क्रियात्मक कार्यक्रम आगामी चैत २५ गतेदेखि वैशाख ८ गतेसम्म राष्ट्रिय अभियानकै समयमा जिल्लाका १५८ वटा विद्यालयमा जम्मा २१ हजार ११६ विद्यार्थी र ७ हजार ६६७ विद्यालय बाहिरका १५ महिनादेखि माथि र १५ वर्ष मुनिका बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य सेवा कार्यालय मुगुका ब्यवस्थापक उमेश गौतमले जानकारी दिए। 

बालबालिकाहरूलाई दिइँदै आएको नियमित १२ वटा खोपमा थप १ टाइफाइडविरुद्धको थपेर अबदेखि नियमित खोप दिइने छ। र बाँकी स्वास्थ्य संस्थाहरू गरि जिल्ला भर १७० वटा खोप केन्द्रबाट खोप दिइने खोप सुपरभाइजर दीपक रावतले जानकारी दिए। 

छायाँनाथ रारा नगरपालिकामा १० हजार,३३४, मुगुम कार्मारोङ्ग गाउँपालिकामा २ हजार ८७ ,सोरु गाउँपालिकामा ८ हजार १९८ र खत्याड गाउँपालिकामा ८ हजार १६४ जना बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइने जनाइएको छ। 

Skip This
Skip This
Logo